बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा बालिका सम्मेलन हुँदै

आइतबार, २२ माघ २०७९, १८ : २५
आइतबार, २२ माघ २०७९

काठमाडौँ । नेपालका बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान पुर्‍याउन सर्लाहीको चन्द्रनगर गाउँपालिकामा बालिका सम्मेलन २०७९ आयोजना हुने भएको छ । सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्त्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धता पुरा गर्न यो बालिका सम्मेलन नाढीमन ताल परिसरमा आउँदो फाल्गुन २० गते आयोजना हुन गइरहेको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए ।

चन्द्रनगर गाउँपालिकाको आयोजनामा सो सम्मेलनमा पालिका, जिल्ला, प्रदेश र राष्ट्रियस्तरको बहुक्षेत्रीय सरोकारवालाहरूको सहभागिता र चारवटै तहका बाल विवाह, दाइजो र शिक्षा सम्बन्धी छलफल हुने बताइएको छ । बाल विवाह र दाइजो विरुद्धका योद्धाहरूलाई सम्मान, प्रत्येक विद्यालयमा बाल विवाहको अन्त्य विषयक कला प्रतियोगिता र उत्कृष्ट आर्ट पेन्टिङको प्रदर्शनी, पालिका र जिल्ला स्तरमा बाल विवाहको अन्त्यको लागि भएको सकारात्मक प्रयास, प्रगति र चुनौती एवम् विकासका साझेदार, बाल अधिकारकर्मी, प्रदेश सरकार तथा संघीय सरकारले गरेका पहल र अगामी कार्यदिशा लगायतका विषयमा विभिन्न प्राविधिक छलफलहरू हुने अध्यक्ष महतोले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप