शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु लाखौँ ठगी

आइतबार, २२ माघ २०७९, १८ : ३१
आइतबार, २२ माघ २०७९

काठमाडौँ । रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङको खोटेहाङ गाउँपालिका-९ घर भई काठमाडौँ टोखा नगरपालिका-१० बस्ने ४० वर्षीय हरि बस्नेत र प्युठान गौमुख नगरपालिका-७ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका-११ शेषमती बस्ने ४२ वर्षीय हेमलाल पुन मगर  रहेका छन् । 

काठमाडौँ महानगरपालिका-४ सुकेधारास्थित ग्लोबल भिलेज सोर्स प्रालिका सञ्चालकहरूले विभिन्न ९ जना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि रोमानिया, स्लोभाकिया तथा अरेबियन मुलुकहरूमा प्रतिष्ठित एग्रीकल्चरमा फ्रुट्स प्याकिङलगायतको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट उक्त रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौँ उपत्यका अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौँ तारकेश्वर नगरपालिका-११ शेषमतिबाट पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप