मधेस प्रदेशका शिक्षा मन्त्री यादवले गरे पदभार ग्रहण
आइतबार, २२ माघ २०७९, १८ : ३७

जनकपुरधाम । जनमत पार्टीबाट शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री बनेका महेश प्रसाद यादवले पदभार ग्रहण गरेका छन् ।
पार्टीका मधेस प्रदेश दलका नेतासमेत रहेका मन्त्री यादवले आइतबार पदभार ग्रहण गरेका हुन् । शनिबार मन्त्रीको शपथ लिएका उनले आइतबार पदभार ग्रहण गर्दै अगामी ५ वर्षमा मधेसलाई पूर्ण साक्षर घोषणा गर्ने पहिलो निर्णय गरेका हुन् ।
उनले अन्य प्रदेशको तुलनामा मधेस प्रदेशको साक्षरता दर निकै पछाडि रहेको बताए ।
उनले ४९.५ प्रतिशत मात्र साक्षर रहेको मधेस प्रदेशलाई आफ्नो कार्यकालमा पूर्णसाक्षर बनाउन शिक्षा सम्बन्धी प्रादेशिक नीति, कानुन, मापदण्ड तीव्रताका साथ निर्माण गर्ने र सोको प्रभावकारी कार्यान्वयनमा अग्रसर भई काम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खप्तड गोल्डकप : सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार फाइनलमा
-
जब बाबुराम भट्टराईले एसएसलसीमा बोर्ड फस्ट भएको खबर रेडियोबाट सुने
-
अघिल्लो चुनाव हारेका तीन जना बारा–२ मा भिड्दै, स्वतन्त्रको मत कसलाई ?
-
हेलिकप्टर दुर्घटना : ९ अमेरिकी सैनिकको मृत्यु
-
दलका प्रमुख सचेतकहरु भन्छन्– राजनीतिक ‘अस्त्र’ बनाएका कारण नागरिकता विधेयक अघि बढ्न सकेन
-
सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु