शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा ‘रामकथा’ वाचन गर्न लागेकोमा आपत्ति

आइतबार, २२ माघ २०७९, १८ : ३८
आइतबार, २२ माघ २०७९

काठमाडौँ । बौद्ध धर्मावलम्बीहरूले लुम्बिनीमा ‘रामकथा वाचन’ राखिएकोमा आपत्ति जनाएका छन् । भारतीय मुरारी बाबुले लुम्बिनी क्षेत्र विकास कोषको अन्तर्राष्ट्रिय हलमा गर्न लागेको ‘रामकथा वाचन’ लाई अन्यत्र सार्न सार्न समेत आग्रह गरेका छन् । 

आइतबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर बौद्ध धर्मावलम्बीहरूले आफूहरूको आत्मसम्मानमा ठेस पुर्‍याउने गरी कथा वाचनको गर्न लागिएको भन्दै रोक्न सरकारसँग माग समेत गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी विश्वविद्यालयका पूर्व सदस्य पासाङ तेम्बा लामाले धार्मिक असहिष्णुता निम्त्याउन लुम्बिनीमा कथा वाचन राखिएको बताए । 

पशुपतिनाथ हिन्दू र लुम्बिनी बौद्धमार्गीको आस्थाको केन्द्र भएको बताउँदै लामाले भने, ‘लुम्बिनी बौद्ध धर्म मान्नेहरूको आस्थाको केन्द्र हो । एक अर्काको आस्थामा ठेस पुग्ने काम कसैले गर्नु हुँदैन, लुम्बिनीमा गर्न भनिएको कार्यक्रम स्थानान्तरण गरियोस् ।’ 

लामाले संस्कृति तथा पर्यटन मन्त्री सुदन किराती र प्रधानमन्त्री प्रचण्डसँग कथा वाचनको कार्यक्रम अन्यत्र सार्न पहल गर्न आग्रह समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप