बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१३ औं राष्ट्रिय स्तरको सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतिस्पर्धा सम्पन्न

आइतबार, २२ माघ २०७९, १९ : ००
आइतबार, २२ माघ २०७९

काममाडौं । १३ औं राष्ट्रिय स्तरको सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतिस्पर्धा सम्पन्न भएको छ । सिभिल इन्जिनियरिङ विद्यार्थी समाज नेपाल (सेस नेपाल) ले आयोजना गरेको तीन दिने कार्यक्रम सम्पन्न भएको हो । 

उक्त प्रदर्शनीमा देशभरका सिभिल इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

‘दिगो विकास र समृद्धि नेपालको लागि प्रविधि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनी तथा प्रतिस्पर्धामा पेपर ब्रिज कम्पिटिसन, अर्थक्वुईक सेक टेबल कम्पिटिसन, बीई मोडल कम्पिटिसन लगायतका प्रतिस्पर्धा गराइएको थियो । 

त्यस्तै सिभिल इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुले निर्माण गरेका विभिन्न प्रदर्शनीहरु समेत प्रदर्शनको लागि राखिएको थियो । प्लस टु लेभलको क्वुइज प्रतियोगिता समेत गराइएको थियो । राष्ट्रियस्तरको आईडियोथन प्रतियोगिता समेत गराइएको थियो । 

कोरोना महामारीपछि पहिलो पटक आयोजना गरेको प्रदर्शनी तथा प्रतिस्पर्धामा विभिन्न कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो । सेस नेपालका सचिव केशव धामीले विद्यार्थीहरुले कलेजमा पढेका थेरिटिकल ज्ञानहरुलाई प्रयोगात्मक अभ्यासमा परिणत गराउने उद्देश्य रहेको बताए । 

त्यस्तै विद्यार्थीहरु र इन्जिनियरहरुबीच ज्ञानको आदान प्रदान गराउने उद्देश्य समेत रहेको उनको भनाई छ । समाजले हरेक वर्ष यस्तो खालको कार्यक्रम गर्दै आएको उनको भनाई छ । 

प्रदर्शनी र प्रतियोगिताको समापन समारोहमा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

cess-nepalcess-nepal1cess-nepal2cess-nepal4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप