मधेसमा सिञ्चाईको समस्या चाँडै अन्त्य हुन्छ : कृषिमन्त्री कुशवाहा
जनकपुरधाम । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले कृषिमा आत्मनिर्भर रहेको मधेस प्रदेशको सिँचाईसम्बन्धी समस्या चाँडै अन्त्य हुने बताएका छन् । मन्त्री कुशवाहाले सिञ्चाइको समस्यालाई अन्त्य गर्न प्रदेशका ९२ पालिकामा कृषि विद्युतीकरणको काम अगाडि बडाउन पहल सुरु गरिसकेको बताए । जनमत पार्टीले उठाएका किसानका मुद्धालाई स्थापित गर्न कृषि विद्युतीकरणको कार्य प्राथमिकताका साथ अगाडि बढाउन पहल सुरु गरिएको उनले बताए ।
आइतबार प्रतिक्रिया दिँदै उनले प्रदेशका ४४ पालिकामा कृषि विद्युतीकरणको काम भइरहेको जनाउँदै बाँकी पालिकाहरुमा पनि सो कार्य अगाडि बढाउने तयारी भैरहेको बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुशवाहा, मन्त्रालयका सचिव डा. नम्रता सिंह र नेपाल विद्युत प्राधिकरण मधेस प्रदेशका प्रमुख इ.मुनिन्द्र ठाकुरको समन्वयमा उक्त कार्य अघि बढाउन पहल गरिएको बताइएको छ ।
कृषि विद्युतीकरणका लागि विद्युत प्राधिकरणले पोल र ट्रान्सफर्मर जडान गरिसकेपछि किसानलाई कृषि मन्त्रालयले विशेष सहुलियतमा पम्पिङ सेट र पाइप प्रदान गर्ने जनाइएको छ । खासगरी पानीकै भरमा खेती गर्ने किसानको समस्यालाई मध्यनजर गर्दै उक्त मन्त्रालयले यो कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको हो ।
प्रदेशका १ सय ३६ वटै पालिकामा पोल, तार र ट्रान्सफर्मर जडान भइसकेपछि मन्त्रालयले अनुमानित बजेट व्यवस्थापन गरेर किसानले खपत गरेको विजुलीको विल नगरपालिकामार्फत बजेट पठाई किसानको विद्युत महसुल निःशुल्क गर्ने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...