आधारभूत लेभल गणित प्रश्नोत्तरीमा नवज्योति स्कुल भयो प्रथम

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित आधारभूत लेभल गणित प्रश्नोत्तरी (Basic lavel mathmatics quiz -2079) प्रतियोगितामा नवज्योति स्कुलले प्रथम र दोस्रो स्थान हासिल गरेको छ । गणित शिक्षा परिषद्ले आयोजना गरेको प्रतियोगितामा प्रथम नवज्योति स्कुल (ए) ले ७ हजार, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने दोस्रो स्थान लिएको नवज्योति स्कुल (सि) ले ५ हजार, ट्रफि मेडल र प्रमाण पत्र पाएको थियो ।
यस्तै तेस्रो स्थान हासिल गरेको त्रीपुरेश्वर माध्यामिक विद्यालय ढोडेखालीले ३ हजार, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । वीरेन्द्रनगरको शुभ होटेलमा आयोजित उक्त प्रतियोगिता कार्यक्रममा ११ विद्यालयका ४५ जना विद्यार्थीहरुले भाग लिएको गणित शिक्षा परिषद् सुर्खेतका सदस्य लोकराज भाटले जानकरी दिए ।
साथै प्रथम हुने टिमका दुई जना छात्राहरुलाई गणित बिषयको अध्ययनमा प्रोत्साहित गर्नका लागि गणित शिक्षा परिषदका केन्द्रीय समिति सदस्य प्रेम कुमारी ढकालले व्यक्तिगत रुपमा १ हजार नगद पुरस्कार प्रदान गरेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री टेकराज पछाई थिए भने शिक्षा क्षेत्रका व्यक्तिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका अभिनेता डयानीमाथि बलात्कारको आरोप पुष्टि, तोकियो ३० वर्षको जेल सजाय
-
करेन्ट लगाएर माछा मार्ने क्रममा साथीको मृत्यु भएपछि तीन युवकविरुद्व ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता
-
विश्वविद्यालयलाई सय शय्याको अस्पतालमा घटुवा गरेपछि सुदूरपश्चिमवासी ‘फायर’
-
प्रधानमन्त्रीले केही समयपछि चीन भ्रमण गर्नुहुन्छ : सापकोटा
-
महिला टी २० क्रिकेट : आज पुनः मलेसियासँग भिड्दै नेपाल
-
ए डिभिजन लिगमा आज तीन खेल हुँदै