शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आधारभूत लेभल गणित प्रश्नोत्तरीमा नवज्योति स्कुल भयो प्रथम

सोमबार, २३ माघ २०७९, ०६ : ०८
सोमबार, २३ माघ २०७९

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित आधारभूत लेभल गणित प्रश्नोत्तरी (Basic lavel mathmatics quiz -2079) प्रतियोगितामा नवज्योति स्कुलले प्रथम र दोस्रो स्थान हासिल गरेको छ । गणित शिक्षा परिषद्ले आयोजना गरेको प्रतियोगितामा प्रथम नवज्योति स्कुल (ए) ले ७ हजार, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने  दोस्रो स्थान लिएको नवज्योति स्कुल (सि) ले  ५ हजार, ट्रफि मेडल र प्रमाण पत्र पाएको थियो । 

यस्तै तेस्रो स्थान हासिल गरेको त्रीपुरेश्वर माध्यामिक विद्यालय ढोडेखालीले ३ हजार, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । वीरेन्द्रनगरको शुभ होटेलमा आयोजित उक्त प्रतियोगिता कार्यक्रममा ११ विद्यालयका ४५ जना विद्यार्थीहरुले भाग लिएको गणित  शिक्षा परिषद्  सुर्खेतका  सदस्य   लोकराज  भाटले  जानकरी  दिए ।

साथै प्रथम हुने टिमका दुई जना छात्राहरुलाई गणित बिषयको अध्ययनमा प्रोत्साहित गर्नका लागि गणित शिक्षा परिषदका केन्द्रीय समिति सदस्य प्रेम कुमारी ढकालले व्यक्तिगत रुपमा १ हजार नगद पुरस्कार प्रदान गरेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री टेकराज पछाई थिए भने शिक्षा क्षेत्रका व्यक्तिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप