शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागीबाट मुस्ताङमा एक घर जल्यो

सोमबार, २३ माघ २०७९, ०६ : ३८
सोमबार, २३ माघ २०७९

जोमसोम . मुस्ताङको थासाङ गाउँपालिका-३ लेते कालोपानीको एक घरमा आगलागी भएको छ । हिजो दिउँसो पौने ५ बजेको समय अचानक विद्युत सट हुँदा स्थानीय ढकबहादुर तुलाचनको दुई तले घरमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आगलागीबाट घर पूर्ण रूपमा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार तामाङले तुलाचनको ढुंगा र माटोले बनेको दुई तले घर पूर्ण रूपमा क्षति भएको बताए । आगलागीबाट मानवीय क्षति भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप