शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीपलाई भेट्न पाकिस्तानी क्रिकेटर रिजवान नेपालमा

सोमबार, २३ माघ २०७९, ११ : ४६
सोमबार, २३ माघ २०७९

काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई भेट्न पाकिस्तान क्रिकेट टोलीका खेलाडी मोहमद रिजवान नेपाल आएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का महासचिव दुर्गा पाठकले रिजवान नेपालमा सन्दीप लामिछानेलाई हौसला दिन आएको बताए । उनले सन्दीपलाई भेट्न मात्र नेपाल आएको कुरामा आफू पनि अझै पक्का हुन नसकेको भएपनि उनी नेपाल आएर सन्दीपलाई भेट्दै हौसला प्रदान गरेको बताए ।

‘रिजवान नेपाल आएर सन्दीपलाई हौसला दिएको कुरा साचो हो । उनी नेपालमा सन्दीपलाई भेट्न मात्र हाएको भन्ने कुरा औपचारिक रुपमा पूर्ण छैन्,’ पाठकले रातोपाटीलाई भने । नेपाली टोलीका खेलाडी सन्दीप बलत्कार आरोप लागेर तीन महिना हिरासतमा बसेर धरौटीमा छुटेका हुन् । सन्दीपालाई क्यानले गरेको निलम्बन फुकुवा गरेर राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप