सेती नदीमा हाम्फालेका युवकको शव फेला
सोमबार, २३ माघ २०७९, २१ : ०६

बझाङ । बझाङको दुर्गाथली गाउँपालिका–२ स्थित झननामा सेती नदिमा हाम्फालेका युवकको शव भेटिएको छ । छबिस पाथिभेरा गाउँपालिका–४ घर घएका २९ वर्षीय नरेश थापाको शव गोताखोर टिमले निकालेको सशस्त्र प्रहरी प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले रातोपाटीलाई बताए ।
माघ २० मा नरेश थापा सेतीमा हाम फालेका थिए । हाम फालेको स्थानबाट करिब ५० मिटर तल शव भेटिएको एसएसपी थापाले जानकारी दिए । बेपत्ताको खोजीमा बैद्यनाथ बाहिनी मूख्यालय कैलालीबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोर परिचालन गरिएको थियो ।