राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको तयारी पूरा

बुटवनल । लुम्बिनीमा राष्ट्रिय सभा सदस्य एक पदका लागि बुधवार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । बुधवार बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदानका लागि व्यवस्था मिलाएको निर्वाचन कार्यालयका प्रमुख नारायण प्रसाद भण्डारीले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा एक सिटका लागि निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको छ । एमाले उम्मेदवार कुमार दसौदी,प्रमुख प्रतिपक्षी काँग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय उम्मेदवार बनेका छन् ।
दसौदी र आचार्य दुवै रोल्पाका हुन् भने रायको पुरानो घर कर्णालीको सल्यान हो । पछिल्लो समय उनी बाँकेमा बस्दै आएका छन् । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । उनीहरुको मतभार फरफरक हुन्छ । प्रदेशसभा सदस्यको एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मत भार १८ कायम छ ।
लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ जना छन् । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुखको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिए । गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईई परीक्षामा दोलखाबाट ३ हजार ४० जना परीक्षार्थी सहभागी हुँदै
-
खप्तड गोल्डकप : सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार फाइनलमा
-
जब बाबुराम भट्टराईले एसएलसीमा बोर्ड फस्ट भएको खबर रेडियोबाट सुने
-
अघिल्लो चुनाव हारेका तीन जना बारा–२ मा भिड्दै, स्वतन्त्रको मत कसलाई ?
-
हेलिकप्टर दुर्घटना : ९ अमेरिकी सैनिकको मृत्यु
-
दलका प्रमुख सचेतकहरु भन्छन्– राजनीतिक ‘अस्त्र’ बनाएका कारण नागरिकता विधेयक अघि बढ्न सकेन