अखिल क्रान्तिकारी कार्की समूहका २३ केन्द्रीय सदस्य मूल संगठनमै फर्किए
मंगलबार, २४ माघ २०७९, १६ : ४८

काठमाडौं । अखिल क्रान्तिकारीमा समानान्तर कमिटी चलाएका पवन कार्की समूहका २३ जना केन्द्रीय सदस्य मूल संगठनमा फर्किएका छन् ।
अध्यक्ष पन्चा सिंह भएपछि कार्कीले असन्तुष्ट जनाउँदै समानान्तर कमिटी चलाएका थिए ।
नेकपा माओवादी केन्द्रका निकट अखिल क्रान्तिकारीको मूल कमिटीमा समानान्तर कमिटी चलाएका पवन कार्की समूहका विद्यार्थी नेताहरू एकपछि अर्को गर्दै फर्किरहेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै कार्की समूहका कर्णाली प्रदेश इन्चार्ज पदम नेपालीसहित २३ जना केन्द्रीय सदस्यले पन्चा सिंह नेतृत्वको मूल कमिटीमा फर्किएको घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा हिन्दु डाक्टरको गोली हानेर हत्या
-
भारतमा फेरि बढे कोरोनाका बिरामी, सचेत रहन डब्ल्युएचओको आग्रह
-
सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु
-
नुवाकोटमा टाटासुमो दुर्घटना, २ जनाको निधन, ११ जना घाइते
-
मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यान्वयन गर्न आयोगको माग
-
कर्मचारी संयन्त्रसँग मिलेर काम गर्छु : सहरी विकासमन्त्री गुरुङ