बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिहदरवारमा कस्ता कस्ता समस्या लिएर आउँछन् सर्वसाधारण ?

सिहदरवारमा कस्ता कस्ता समस्या लिएर आउँछन् सर्वसाधारण ?

मङ्गलबार, २४ माघ २०७९

 सिंहदरवार गाउँगाउँ पुगेपनि गाउँका मानिस काठमाडौंस्थित सिंहदरवार धाउनुपर्ने बाध्यताबाट पुरै मुक्त भने हुन सकेका छैनन् । २०७२ सालमा नयाँ संविधान बनेसँगै मुलुकमा तीन तहका सरकार छन् तर पनि कतिपय सर्वसाधारण सामान्य कामका लागि पनि अझै सिंहदरवार धाइरहेका हुन्छन् ।

मंगलबार सिंहदरवार प्रवेश गर्न लागेका सर्वसाधारणलाई हामीले ‘कस्ताकस्ता समस्या लिएर सिंहदरवार आउनुभएको छ ?’ भनेर सोधेका छौ । जवाफमा कतिपयले मन्त्री, नेता भेट्नका लागि त कतिले राष्ट्रिय परिचयपत्र र विकासे कामका लागि सिंहदरवार आउनुपरेको बताए । उनीहरुले संघीय शासन प्रणाली लागु भएपछि धेरै काम प्रदेश र स्थानीय तहबाटै हुन थालेको बताए । ‘पहिला भन्दा धेरै परिवर्तन भएको छ, स्थानीय र प्रदेश सरकारले स्थानीयस्तरमै धेरै काम गरिरहेका छन्’, सिंहदरवार गेटमा भेटिएका भोजपुरका जगवीर राईको अनुभव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया