मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री पौड्याल र युएसएआईडी प्रमुख सामन्थाबीच भेटवार्ता

मङ्गलबार, २४ माघ २०७९, २० : १०
मङ्गलबार, २४ माघ २०७९

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का प्रशासक सामन्था पावरले परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालसँग उच्चस्तरीय भेटवार्ता गरेकी छन् । 

मंगलबार मन्त्रालयमा भएको भेटका अवसरमा नेपाल अमेरिकाबीचको अभिरुचीका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको  छ ।

भेटवार्तामा एमसीसी कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अति कम विकसित मुलुक (एलडीसी)बाट विकसित मुलुकका रुपमा स्तरउन्नति गरिएपछि प्रदान गरिने सहयोगलगायतका विषयमा  छलफल भएको हो । 

यस अवसरमा परराष्ट्र मन्त्री पौड्यालले अमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन् । 

भेटवार्ता पावरले अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप वृद्धि गरिने प्रतिबद्धता जाहेर गरिन् । 

समान्था पावरले युएसएआइडीकी १९औँ प्रशासकका रूपमा सन् २०२१ को मे ३ तारिखमा पदभार ग्रहण गरेकी हुन् । 

उनले विश्वका अग्रणी अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै आएकी छन् ।

पावर सन् २०१३ देखि २०१७ सम्म संयुक्त राष्ट्र सङ्घका लागि २८औँ अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवारत थिइन् ।

प्रशासक पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप