सोमबार, १० असार २०८१
ताजा लोकप्रिय

सिरहामा ९ वर्षीय बालक मृत फेला

बुधबार, २५ माघ २०७९, १२ : ५५
बुधबार, २५ माघ २०७९

काठमाडौँ । सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर–१२ मा ९ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । कक्षा ४ मा अध्ययनरत रुपेशकुमार महतो सारस्वर स्थित घरमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर रामचन्द्र शाहले रातोपाटीलाई बताए ।  उनी सारस्वर माविमा अध्ययनरत थिए । पाँच दिनदेखि स्कुल नगएका उनलाई बुवा जुगती महतोले गाली गरेर स्कुल छाडेर आएका थिए । तर, टिफिन टाइममा स्कुलबाट भागेर घर आएका बालक दलिनमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।  

ढोकामा आग्लो लगाएर दलिनमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको इन्स्पेक्टर शाहले जानकारी दिए । जिल्ला अस्पताल सिरहामा पोष्टमार्टम पछि प्रहरीले शव परिवारलाई जिम्मा लगाएको छ । आमाको मृत्यु भैसकेको उनी सौतेनी आमा र बुवासँग बस्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप