सिरहामा ९ वर्षीय बालक मृत फेला
बुधबार, २५ माघ २०७९, १२ : ५५

काठमाडौँ । सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर–१२ मा ९ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । कक्षा ४ मा अध्ययनरत रुपेशकुमार महतो सारस्वर स्थित घरमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर रामचन्द्र शाहले रातोपाटीलाई बताए । उनी सारस्वर माविमा अध्ययनरत थिए । पाँच दिनदेखि स्कुल नगएका उनलाई बुवा जुगती महतोले गाली गरेर स्कुल छाडेर आएका थिए । तर, टिफिन टाइममा स्कुलबाट भागेर घर आएका बालक दलिनमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
ढोकामा आग्लो लगाएर दलिनमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको इन्स्पेक्टर शाहले जानकारी दिए । जिल्ला अस्पताल सिरहामा पोष्टमार्टम पछि प्रहरीले शव परिवारलाई जिम्मा लगाएको छ । आमाको मृत्यु भैसकेको उनी सौतेनी आमा र बुवासँग बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिउँ पर्न छोडेर पानी बर्स्यो, मुस्ताङीले छाना फेरे’
-
विभिन्न स्थानमा ४ जना मृत फेला
-
धुर्मुस सुन्तलीको दु:ख कष्ट हट्छ, क्रिकेट मैदान पनि बन्छ : प्रधानमन्त्री
-
सिद्धान्त र प्राथमिकताबारे माओवादी : ‘हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर’
-
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
-
महिला टी–२० विश्वकप छनोट : नेपालले हङ्कङलाई दियो ३० रनको लक्ष्य