बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आईएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबीच सम्झौता

बुधबार, २५ माघ २०७९, १५ : ५७
बुधबार, २५ माघ २०७९

काठमाडौँ । आईएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता अनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आई.एम.ई डिजिटल सोलुसनको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्ने छ । 
हालै सम्पन्न सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा दुई संस्थाबीच सो सहमति भएको हो । सम्झौता पत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरे ।
सो सेवा आइएमई पे एपमा लाइभ भएपश्चात् ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने कर, जस्तै घर–बहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरु सजिलै आइएमई पे एपबाट तिर्न सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप