अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : सामन्था पावर

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई बिस्तार गर्न चाहेको बताएकी छन् ।
बुधवार दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएकी उनले यस्तो बताएकी हुन् । उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अमेरिकाले विगत लामो समयदेखि नै नेपालका विभिन्न क्षेत्रहरूमा सहयोग गर्दै आएको बताइन् । उनले नेपालमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी दिनमा गर्ने सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध नरहेको दाबी गरिन् ।
उनले नेपालमा अमेरिकाले गरेको लगानीलाई भूराजनीतिक सम्बन्धका रूपमा नबुझ्नसमेत आग्रह गरिन् । उनले अमेरिकाले नेपाललाई प्राथमिकताका साथ सहयोग गरिरहेको पनि बताइन् । उनले नेपालसँग सम्बन्ध स्थापित गरेर सँगै काम गर्न अमेरिका इच्छुक रहेको बताइन् ।
प्रमुख सामन्थले सञ्चारकर्मीहरुले सोधेको अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ’प्रजातन्त्र सम्मेलन’मा नेपालका प्रधानमन्त्रीलाई बोलाइएको हो भन्ने प्रश्नमा नेपालका प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गरेका प्रतिवद्धताहरुलाई व्यक्त गर्न पाउने अवसरका रूपमा हेरेको बताइन् । उनले सो सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि निमन्त्रणा गरेको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल प्रिभ्यु : गुजरात भर्सेस चेन्नई, पुनरागमन गर्ने धोनीको आशा
-
किन भयो त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकमाथि आक्रमण ?
-
लागुऔषधहित ७ जना पक्राउ
-
जसपाका मन्त्री छान्ने अधिकार उपेन्द्र यादवलाई दिने निर्णय
-
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त, कहाँ को ?
-
सिन्धुलीमा करेन्ट लागेर बालकको मृत्यु