बागमती प्रदेशसभा बैठक बस्दै, प्रदेश प्रमुखले सम्बोधन गर्ने

मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बिहीबार बस्दैछ । दिउँसो १ः०८ बजेका लागि प्रदेशसभाको सातौं बैठक आह्वान गरेको हो । उक्त बैठकमा प्रदेश प्रमुखले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बिहीबार प्रदेशसभामा २ वटा बैठकहरू सञ्चालन हुनेछ । पहिलो बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माको विशेष सम्बोधन रहनेछ भने दोस्रो बैठकमा धन्यवाद प्रस्ताव सम्बन्धी रहनेछ । प्रदेशसभाको बैठकमा त्यस बाहेक अन्य कुनै पनि कार्यसूची नरहेको प्रदेशसभा सचिवालय हेटौँडाका सूचना अधिकारी सुन्दर बास्कोटाले जानकारी दिए । सो कार्यसूची यस अघि नै निर्धारण गरिएको थियो । गत माघ २२ गते बसेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण दलहरूको उपस्थितिमा बसेको सर्वदलीय बैठकले सो कार्यसूची निर्माण गरेको थियो ।
सो सर्वदलीय बैठकले माघ २२ र २३ गते प्रदेशसभाको बैठक सञ्चालन गर्ने कार्यसूची तयार गरेको थियो । २२ गतेको बैठक सञ्चालन भएको थियो भने २३ गतेको बैठक बस्न सकेको थिएन । उक्त बैठकमा संसदीय समिति गठनको कार्यसूची रहे पनि दलीय सहमति नहुँदा बैठक नबसी स्थगित गरिएको थियो । बैठक सञ्चालन गर्न पटक पटक सर्वदलीय बैठक आह्वान गरी पहल गरे पनि दलहरुबीच सहमति जुट्न सकेको थिएन । दलहरुबीच सहमति नजुटेपछि संसद् बैठक स्थगित गरिएको थियो भने संसदीय समिति गठन रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस्, उपाधि जितेको खुसीयाली
-
धिरज र जसिता अभिनित ‘आई एम ट्वान्टी वान’को यस्तो छ ‘योद्धा’ गीत
-
‘तिमीसँगै हुँदा’ मा कलासँग पलको रोमान्स
-
‘शिरको नाम्लो’मा सञ्चिता फकाउँदै सरोज र धिरेन
-
यस्ता छन् ‘मिस नेपालमा २०२३’का २४ प्रतिस्पर्धी
-
नेपालले जित्यो प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि (फोटोफिचर)