बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

द ब्रिटिस कलेजले बास्केटबल टोर्नामेन्ट आयोजना गर्ने

बिहीबार, २६ माघ २०७९, ११ : २०
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । द ब्रिटिस कलेजले इन्टर कलेज बास्केटबल टोर्नामेन्ट आयोजना गर्ने भएको छ । बास्केटबल टोर्नामेन्ट यही २६ फ्रेबअरीबाट सुरु हुनेछ । टिबीसी स्पोर्ट्स क्लबद्वारा आयोजना हुने यस टोर्नामेन्टमा १६ कलेजका टिमहरुबीच प्रतिस्पर्धा हुनेछ ।
ब्रिटिस कलेजले दिएको जानकारी अनुसार विजेता टिमले ५० हजार नगद पुरस्कार पाउनेछन् भने उपविजेताले २५ हजार नगद पुरस्कार पाउनेछन् ।

ब्रिटिस कलेजकै बास्केटबल कोर्टमा हुने खेल लिग कम नकआउट फर्म्याटमा खेलाइनेछ । उक्त प्रतिस्पर्धामा स्नातकमा अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागीता जनाउन पाउनेछन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका विद्यार्थीले भने खेल्न पाउने छैनन् ।

 बास्केटबल टोर्नामेन्टमा सहभागी हुनका लागि १० हजार दर्ता शुल्क लाग्नेछ । त्यस्तै दर्ता गर्ने अन्तिम समय २२ फ्रेबअरी रहेको छ । थप जानकारीका लागि टिबिसी स्पोर्टस् संयोजक कवि चन्द्र राईलाई [email protected] मा सम्पर्क गर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप