मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनका राष्ट्रपति जेलिन्स्की फ्रान्स भ्रमणमा

बिहीबार, २६ माघ २०७९, १२ : १०
बिहीबार, २६ माघ २०७९

फ्रान्स । युक्रेनका राष्ट्रपति अकस्मात फ्रान्सको भ्रमणमा पुगेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम पहिले नै तय नभएको भए पनि उनी बुधबार अकस्मात फ्रान्स पुगेको बताइएको छ । संयुक्त अधिराज्यको भ्रमणपछि उनी अकस्मात पेरिस पुगेका युक्रेनी राष्ट्रपतिको कार्यालयले बुधबार जारी गरेको एक सूचनामा जनाएको छ ।

राष्ट्रपति जेलिन्स्किीले बुधबार नै फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोँसँग भेटवार्ता पनि गरेका छन् । त्यसैगरी उनले जर्मन चान्स्लर ओलफ स्कल्जसँग पनि पेरिसमा नै भेटवार्ता गरेका थिए । उनीहरुका बीचमा बुधबार त्रिपक्षीय वार्ता भएको सो समाचारमा जनाइएको छ ।   त्यसैगरी उनीहरु तीनैजना बुधबार राति रात्रिभोजमा पनि सहभागी भएको बताइएको छ । त्यस अवसरमा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनको हालको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

सो जानकारी पछि गएको वर्षदिनदेखि रुसले आक्रमण गरी समस्यामा परेको युक्रेनका लागि के कस्तो सहयोग पुर्याउन सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ । गत वर्ष रुसले युक्रेनमाथि हमला गरेपछि फ्रान्स र जर्मनीले नै युक्रेनको पक्षमा उभिएका मात्र नभएर आर्थिक तथा सुरक्षा सम्बन्धी युक्रेनलाई सहयोग गर्दै आएका छन् । 

उनीहरुका बीचमा बिहीबार पनि ब्रसेल्समा युरोपियन काउन्सिलको बैठकमा भेटवार्ता हुने बताइएको छ । सो बैठकमा युरोपियन युनियनका सदस्यहरु उपस्थित हुने र युक्रेनलाई आगामी दिनमा गर्ने सुरक्षा सहयोगका बारेमा पनि कुराकानी हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप