शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक तीन बजेका लागि तय

बिहीबार, २६ माघ २०७९, १२ : २३
बिहीबार, २६ माघ २०७९

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने भएको छ । सरकारको पूर्णता, राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल गर्न संयन्त्रको बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । 
बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको संवादपछि संयन्त्रको बैठक बोलाउने सहमति भएको हो ।

आज बस्ने संयन्त्रको बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने प्रधानमन्त्री प्रचण्डले बताइसकेका छन् । राष्ट्रपतिमा कांग्रेस र एमालेले छुट्टाछुट्टै उम्मेदवार उठाउने घोषणा गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्ड सकभर राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्ने पक्षमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप