बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादी र जसपाले सके दस्तावेज अध्ययनको ‘होमवर्क’

बिहीबार, २६ माघ २०७९, १४ : १४
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालले दस्तावेज अध्ययन गर्ने काम सकेको छ । एकीकृत समाजवादी र जसपाबीच एकीकरणका लागि एक अर्काको दस्तावेज अध्ययन गर्ने काम भइरहेको थियो । एकीकरणपूर्व एक अर्काको दस्तावेज अध्ययन गरी पार्टी एकताको प्रकृया सुरु गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार दुवै दलले एक अर्काको दस्तावेज अध्ययन गर्ने कार्य सकेको हो । 

त्यसको प्रतिवेदन बनाउने जिम्मेवारी एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा.विजय पौडेललाई दिइएको छ । उनले प्रतिवेदन तयार गरेपछि कार्यदलको बैठक बस्ने बताइएको छ । जसपाको तर्फबाट गठन भएको वार्ता समितिका सदस्य गोविन्द चौधरीले दस्तावेज अध्यक्ष गर्ने कार्य सकिएको बताए । ‘जसपाको तर्फबाट गठन भएको वार्ता समितिका सदस्य गोविन्द चौधरीले दस्तावेज अध्यक्ष गर्ने कार्य सकिएको छ, त्यसको प्रतिवेदन बनाउने कार्य नेता पौडेलले गरिरहेका छन्, प्रतिवेदन तयार भएपछि दुवै समितिको बैठक बस्छ’ उनले भने ।

दुवै दलबीच एकताका लागि एकीकृत समाजवादीले महासचिव वेदुराम भुसालको संयोजकतत्वमा वार्ता समिति गठन गरेको छ भने जसपाले पनि वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । दुवै समितिले तीनवटा बैठक बसेर एकताका लागि विभिन्न एजेण्डा तय गरेका छन् । सोही एजेण्डा अन्तर्गत दस्तावेज अध्ययन गर्ने जिम्मेवारी जसपाबाट गोविन्द चौधरी र एकीकृत समाजवादीबाट पौडेललाई दिएको थियो । 

नेता पौडेलले दस्तावेजको अध्ययन गर्ने काम भइरहेको र चाँडै नै प्रतिवेदन बनाएर समितिमा पेस गर्ने बताए । उनले भने, ‘लगभग दस्तावेज अध्ययन गर्ने काम सकेको छ, प्रतिवेदन बनाउने काम पनि सुरु भएको छ केही दिनमा त्यसलाई अन्तिम रुपम दिएर वार्ता समितिमा पेस गर्नेछौं ।’

दुवै पार्टीले अंगालेको विचार, सिद्धान्त, राजनीतिक मुद्दाको विषयमा अध्ययन भएको छ । राज्य पुनःसंरचना, शक्तिको बाँडफाँट लगायतका विषयमा पनि अध्ययन भएको छ । शासन प्रणाली कस्तो राख्ने त्यस विषयमा पनि छलफल भएको बताइएको छ । जसपाले नागरिकताको समस्या, संविधान संशोधनलगायतका विषय पनि उठाएको छ ।    एकताको क्रममा उठ्ने जटिल विषय र समान्य विषयलाई लिस्टिङ गर्ने काम भइरहेको उपमहासचिव पौडेलले बताए । जटिल विषयलाई नेतृत्व तहबाट टुङ्ग्याउने काम हुन्छ भने समान्य विषयलाई वार्ता समितिबाट नै टुङ्ग्याउने उनले जानकारी दिए ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप