बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ऊर्जामन्त्री लिङ्देन र राजदूत डिप्रेजबीच भेटवार्ता

बिहीबार, २६ माघ २०७९, १६ : ०१
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । नेपाल लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेकी छन् । 

बिहीबार सिंहदरवारस्थित ऊर्जा मन्त्रालय पुगेर उनले मन्त्री लिङ्देनसँग भेटवार्ता गरेकी हुन् । भेटका क्रममा नेपालको ऊर्जा विकाससहित आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा छलफल भएको छ । नेपालको ऊर्जासहितको विकासमा युरोपियन युनियनले सहयोग गर्ने राजदूत डिप्रेजले बताएकी छन् । 

भेटवार्तामा मन्त्री लिङ्देनले बंगलादेशसँग विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता हुने जानकारी दिँदै आफूले विद्युत् उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकतामा राखेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप