नागरिक उन्मुक्तिका सांसदले भने–सुदूरपश्चिम सरकारमा भूकम्प गयो

काठमाडौँ । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिनका लागि कैलालीमा सुदूरपश्चिम प्रदेश सभाको बैठक चलिरहँदा नागरिक उन्मुक्ति पार्टीका सांसदहरू भने अनुपस्थित रहेका छन् । नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद काठमाडौँमै रहेका हुन् । उनीहरू सो पार्टीका संरक्षक रहेका रेशम चौधरीको निगरानीमा डिल्लीबजारस्थित केन्द्रीय कारागारमै रहेका हुन् । सो पार्टीको अनुपस्थितिसँगै प्रदेश सरकार विश्वासको मत पाउन नसकी ढलेको छ ।
नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले आफूहरूको काठमाडौँ आगमनले प्रदेश सरकारमा भूकम्प गएको प्रतिक्रिया दिए । उनले भने, ‘हामीलाई मधेसी दलजस्तो ठानेको होलान् । हामी पश्चिमी थारु हौँ । हामी मधेसी दलले जस्तो शरणमा परेर जाने वाला छैनौँ ।’
उनले थपे, ‘भूकम्पको धक्का गएको छ । यसले कतिकति असर गर्छ, त्यो उनीहरुलाई नै थाहा होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमई एजेन्ट्समार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने
-
रास्वपाले तोक्यो चौधरीलाई बारा २ को निर्वाचन संयोजक
-
वरिष्ठ उपाध्यक्ष पोखरेल र चिनियाँ राजदूतबीच भेटवार्ता
-
१७ करोडको कोकिन : जलनको उपचार खर्च पाउने लोभमा अफ्रिका यात्रा
-
अब व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन ७५३ वटै पालिकाबाट
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ