बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
प्रदेश

विश्वासको मत नपाएपछि  मुख्यमन्त्री रावलले बुझाए राजीनामा

बिहीबार, २६ माघ २०७९, १८ : ४०
बिहीबार, २६ माघ २०७९

कैलाली । विश्वासको मत नपाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाएका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका हुन् ।  

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबार माघ २६ गतेभित्रै विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गरेका थिए । तर उनको प्रस्तावलाई बहुमत प्रदेश सभा सदस्यले अस्वीकृत गरेपछि उनले राजीनामा दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप