साफ यू–२० फाइनल : नेपालविरुद्ध बंगलादेशलाई पहिलो हाफमा २–० गोलको अग्रता
विहीबार, २६ माघ २०७९, १८ : ४६

काठमाडौं । बंगलादेशले साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालविरुद्ध पहिलो हाफमा अग्रता बनाएको छ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा बंगलादेशले २–० को अग्रता बनाएको छ ।
पहिलो हाफमा बंगलादेशका लागि शाहिदा अक्टर रिपा र शामसुनाहर जुनियरले एक एक गोल गरे ।
आजको खेलमा जित निकाल्दै नेपाल उपाधि जित्ने योजनामा छ । यता बंगलादेशको योजाना पनि सोही हुनेछ ।