शुभम् पावरको आईपीओ बाँडफाँट

काठमाडौँ । शुभम् पावर लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । यसमा ४८ हजार १८८ जना सर्वसाधारण आवेदकले गोला प्रथामार्फत सेयर हात पारेका छन् । जसमध्ये ४८ हजार १८६ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आइपीओका लागि कुल १२ लाख ७५ हजार ४२१ जना आवेदकले आवेदन दिएकामा ३ हजार ५८७ जनाको आवेदन रद्द भएको छ । कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।
शुभम् पावर लिमिटेडमा कुल ५ लाख ८० हजार ५८० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ ।
यस्तै, ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हजार ६१० कित्ता कर्मचारीहरूलाई छुट्टाएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भ्रष्टाचारको फाइल खोल्छु र बन्द गर्छु भनेर सरकार भ्रष्टाचार गरिरहेको छ’
-
चालु आर्थिक वर्षको असोज १५ गतेसम्म १ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजश्व संकलन
-
तलकोटकी उपाध्यक्ष भन्छिन्–भूकम्पले भौतिक संरचना ध्वस्त भए
-
मेनपावर व्यवसायीको लाइसेन्स खारेज गर्ने महानिर्देशकको निर्णय श्रममन्त्रीद्वारा खारेज
-
बझाङ भूकम्प : ठाउँठाउँमा घर भत्किए
-
भारतमा एउटा मिडियाको कार्यालय र त्यसमा कार्यरत विभिन्न पत्रकारको घरमा छापा