शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फागुन १ गते राष्ट्र बैंकले १८ अर्बको ट्रेजरी बोलकबोल गर्ने

आइतबार, २९ माघ २०७९, १४ : १०
आइतबार, २९ माघ २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यहीँ आउँदो फागुन १ गते १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा कुल १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 
यद्यपि, कूल रकम मध्ये ८ अर्ब रुपैयाँ यसअघि कै ट्रेजरीको नवीकरण गरी बाँकी रहेको १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बैंकले थप नयाँ जारी गर्ने भएको हो । 

फागुन १ गते सोमबार बोलकबोल हुने ट्रेजरीको बिक्री फागुन २ गते मंगलबार हुने बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले तोकिएको समय (फागुन १ गते, दिउँसो ३ बजेभित्र) अनलाइन आवेदन दिन सक्नेछन् । 
बैंकले कूल ट्रेजरी मध्ये ८५ प्रतिशत सामुहिक प्रतिस्पर्धामा र बाँकी १५ प्रतिशत विनाप्रतिस्पर्धामा बिक्री गरिने जनाएको छ । इच्छुक सहभागिले दुबै प्रकृयामा भाग लिन पाउनेछन् । 

यसअघि राष्ट्र बैंकले माघ २३ गते १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप