शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आज १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

मङ्गलबार, ०२ फागुन २०७९, ११ : ५६
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरीबो बोलकबोल गर्न लागेको बैंकले ८ अर्ब रुपैयाँ पुरानो ट्रेजरी नवीकरण गरेर बाँकी १० अर्ब रुपैयाँ नयाँ बिक्री गर्न लागेको हो । 
इच्छुक खरिदकर्ताले तोकिएको समयसम्म अनलाइन आवेदन दिन सक्नेछन् । ट्रेजरीको बोलकबोल भने मंगलबार दिउँसो २ बजे हुने बैंकले जनाएको छ । यसअघि राष्ट्र बैंकले गत माघ २३ गते १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बिक्री गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप