‘ए साथी सुन’ चैत १० बाट प्रदर्शनमा आउने
शुक्रबार, ०५ फागुन २०७९, १८ : ५६
काठमाडौं । वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘ए साथी सुन’ १० चैतबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।
पोस्टरमा वर्षा शिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँ देखिएका छन् ।
लभस्टोरी, थ्रीलर र कमेडी जानराको फिल्ममा वर्षा र रमेशको अलावा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरी लगायतको अभिनय छ ।
राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई बिना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् ।
फिल्मका सह–निर्मातामा सुदीप पौडेल हुन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्न लागेको हो । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
-
छानबिन प्रतिवेदन र सुधनको पुनरागमनले स्थापित गरेका चार गलत नजिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण