अमेरिकापछि ताइवानमा भेटियो शङ्कास्पद चिनियाँ बेलुन

ताइवानले चीनबाट आएको ‘वेदर बेलुन’ को अवशेष फेला पारेको जनाएको छ । ताइवानको सेनाका अनुसार उसले बिहीबार बिहान ११ः०० बजे (नेपालमा ८ः१५) ताइवान नियन्त्रित डोंग्यिन टापुमा एउटा अज्ञात उडान वस्तु देखिएको थियो ।
पछि यो बेलुन सुटिङ रेन्ज नजिकै खस्यो । यसको अवशेष ताइवानमा फेला परेको छ । प्रारम्भिक अनुसन्धान पछि, ताइवानी सेनाले यी अवशेषहरू मौसम पत्ता लगाउने उपकरणको अंश भएको बताएको छ ।
ताइवानका रक्षामन्त्री चिउ कुओ–चेङले शुक्रबार अधिकारीहरूले दुर्घटनाग्रस्त बेलुनबारे छानबिन गर्ने र हड्बडीमा कुनै पनि निष्कर्षमा नजाने बताएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार वरिष्ठ रक्षा अधिकारी चेन यु–लिनले पहिलो पटक ताइवानका टापुहरूमा यस्तो बेलुनको अवशेष फेला परेको बताएका छन् ।
डोंग्यिन टापु नजिकै भेटिएको यो बेलुनको व्यास करिब एक मिटर थियो र यसमा चिनियाँ कम्पनीको नाम लेखिएको थियो ।
ताइयुआन रेडियो नम्बर १ फ्याक्ट्री कम्पनी लिमिटेड नामको यो कम्पनी चीनको ताइयुआन शहरमा अवस्थित छ । चीनको प्रमुख औद्योगिक स्थलमा पर्ने यो शहर शाङक्सी प्रान्तको राजधानी पनि हो ।
पछिल्ला केही दिनदेखि चीन र अमेरिकाबीच यस्तै नै बेलुनको विषयमा तनाव चलिरहेको छ । यसको सुरुवात यसै महिना त्यतिबेला भएको थियो जब चीनको एक बेलुन अमेरिकाको आकाशमा देखिएको थियो ।
अमेरिकाले यसलाई चीनको तर्फबाट पठाएको एक जासुसी बेलुन बताएको छ ।
यद्यपि, चीनले यसलाई आफ्नो स्वीकार्दै यसलाई एक ‘वेदर बेलुन’ बताएको छ । यसले मौसमको अध्ययन गर्ने चीनले बताएको छ । चीनका अनुसार यो बाटो बिराएर अमेरिकाको आकाशमा पुगेको हो ।
अमेरिकाले दक्षिण क्यारोलिनाको समुद्रामाथि एक लडाकू विमान मार्फत् यसलाई खसाल्यो । चीनले यसमा कडा अपात्ति जताएको थियो । पछि क्यानडामा अमेरिकाको आकाशमा यस्तै केही अज्ञात चीन देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोभिड भ्याक्सिनको प्रविधि आविष्कार गर्ने दुई वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार
-
स्वास्थ्यकर्मीको सुरक्षाका लागि समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन
-
लामो समयसम्म बिजनेसविहीन सुदूरपश्चिम प्रदेश सभाको बैठक आह्वान
-
शंकास्पद प्रमाणपत्र पेश गरी नेपाली कामदार जापान पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा
-
पायक पर्ने ठाउँमा पदस्थापनको माग राख्दै दृष्टिविहीन शिक्षिका आमरण अनसनमा
-
परीक्षा अनुत्तीर्णलाई न्यायाधीश नियुक्त गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरियो : सचेतक बर्तौला