१९७४ एडी ब्यान्डका सदस्य सवार गाडी झापामा दुर्घटना
सबै जना सकुशल
शनिबार, ०६ फागुन २०७९, १३ : ०४
१९७४ एडी ब्यान्डका सदस्य सवार गाडी झापामा दुर्घटनामा परेको छ । गाडीमा सवार सबै जना सकुशल रहेको ब्यान्डका सदस्य निराकार याकथुम्बाले बताए ।
दुर्घटना शनिवार बिहान झापाको चन्द्रगढीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेको गाडीमा आफू नभएको र उक्त गाडीमा मनोज केसीलगायत क्रु सदस्य रहेको निराकारले रातोपाटीलाई बताए । साइकल यात्रीलाई जोगाउने क्रममा गाडी दुर्घटनामा परेको उनले बताए ।
उनले भने, ‘जिप नराम्रोसँग दुर्घटनामा पर्यो । तर भाग्यवश, कसैलाई केही भएन । एउटा ठुलो दशा टर्यो । ’
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गा रेग्मीका अनुसार बा २१ च २२८५ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
-
विपक्षी दलहरूको बैठक सुरु
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण