‘प्रेमा’ को ‘मन मनमा’ गीत : अरुणसँग रोमान्टिक बनिन् शुभेक्षा
काठमाडौँ । १७ चैतबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमा’ को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक भएको छ । रिकेश गुरुङ र सुबानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द रहेको गीतमा सुशान्तकै सङ्गीत छ । गीतमा फिल्मका मुख्य दुई कलाकार शुभेक्षा खड्का र अरुण क्षेत्रीको अभिनय छ ।
वसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्धजस्ता पर्यटकीय क्षेत्रमा छायांकन गरिएको गीतमा शुभेक्षा र अरुणको टुसाउँदै गरेको प्रेमदेखि विकसित प्रेम देखाइएको छ । गीतमा अर्की अभिनेत्री सृष्टि श्रेष्ठको ‘सरप्राइज’ प्रवेश देखाइएको छ । गीतका अधिकांश दृश्यमा मठमन्दिरसँगै काठमाडौं उपत्यका समेटिएको छ ।
फिल्ममा शुभेक्षाले शीर्ष चरित्र ‘प्रेमा’ को भूमिका निर्वाह गरेकी छन् । निर्देशक गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण