गेरुआ विवादमा अरिजीतले तोडे मौनता
कोलकाता । भारतीय गायक अरिजीत सिंह एकपटक फेरि पुरानो विवादलाई लिएर चर्चामा आएका छन् । लगभग एक महिनाअघि कोलकातामा अरिजीतको कन्सर्ट रद्द गरिएको थियो । कारण थियो, शाहरुख खानको चलचित्रको ‘रङ्ग दे तू मोहे गरुआ’ गीत ।
यस गीतलाई अरिजीतले कोलकाता इन्टरनेशनल फिल्म फेस्टिबलमा गाएपछि विवाद सुरु भएको थियो । यस मामिलामा गायकले अहिले आफ्नो पक्ष राखेका छन् । गत १८ फेब्रुअरीमा कोलकातामा आयोजित कन्सर्टमा अरिजीतले ४ घण्टा लामो प्रस्तुति दिएका थिए ।
विवादबारे मौनता तोड्दै उनले रङ्गको विवादले आफू निकै चिन्तित बनेको खुलाए । उनले भने, ‘यत्रो विवाद मात्र एक रङका लागि । गेरुआ रङ्ग स्वामी विवेकानन्दको सन्यासीहरुको छ । के उनले सेतो रङ्गको काम गरेको भए त्यो रङ्गमा पनि विवाद गरिन्थ्यो ?’
यसबारे टीएमसीका सांसद तापस रायले जवाफ दिएका छन्, ‘गेरुआ रङ्गमा विवाद होइन । यो हाम्रो झन्डाको हिस्सा हो । बीजेपी जहिले पनि हर कुरालाई राजनीतिक रङ्ग दिने प्रयास गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षी दलहरूको बैठक सुरु
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण