तस्बिरमा यस्तो देखियो रंगशालाको ‘नेभरल्याण्ड कन्सर्ट’
काठमाडौँ । भारतीय चर्चित गायिका आस्था गिलले रंगशालमा दर्शक नचाएकी छन् । ग्याल्पो ल्होसारको अवसर पारेर मंगलबार साँझ आयोजित ‘नेभरल्याण्ड कन्सर्ट’मा उनले आफ्नो चर्चित गीत संगीतबाट दर्शक रिझाएकी हुन् ।
कार्यक्रममा गायिका गीलले ‘पानी पानी’, ‘कमरिया’, ‘अभि तो पार्टी सुरु हुई’ लगायत आधा दर्जन बढी गीत समेत रोखेकी थिइन् । उनको गीतसंगीतमा दर्शक उफ्रि उफ्रि नाचेका थिए ।
दर्शकले भरिभराउ कन्सर्टम गिलको अलवा सृष्टि तवाडे र नेपाली डान्स ग्रुप एभेरष्ट लगायतले प्रस्तुति दिएका छन् । अबेर रातीसम्म चल्ने कन्सर्टमा भारतीय चर्चित र्यापर किङ, डिभाइन लगायत थुप्रैले समेत प्रस्तुति राख्नेछन् ।
दर्शकका लागि बेग्लै किसिमको सांगीतिक माहोल मिलोस् भनेर राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार समेटेर रंगशालामा कन्सर्ट आयोजना भएको हो । कन्सर्टले सांगीतिक पर्यटन बढाउने उद्देश्य आयोजक आइ लाइभ नेपालले लिएको छ ।


















तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण