टिजरमा यस्तो देखियो दयाहाङ र प्रकृतिको ‘बिहे पास’
काठमाडौँ । फिल्म ‘बिहे पास’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ पति पत्नीको रुपमा देखिएका छन् । जहाँ प्रकृति सरकारी अधिकृत र दयाहाङ भने सरकारी जागिरको खोजीमा मरिमेटेको देख्न सकिन्छ ।
प्रवेश पौडेलको निर्देशनमा रोहित कट्टेल र रत्न श्रेष्ठले निर्माण गरेको फिल्ममा दयाहाङ र प्रकृतिका अलवा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नविन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । शिब ढकालको छायांकन रहेको फिल्ममा प्रवेश मल्लिकको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र मित्र गुरुङले सम्पादन छ ।
मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् ।
आरआर फिल्म प्रोडक्शनको निर्माण र वितरण रहेको फिल्म पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा खिचिएको हो । रोहित कट्टेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्मलाई निर्माण पक्षले नयाँ वर्ष २०८० को दर्शकलाई उपहार स्वरुप वैशाख १ गते प्रदर्शन गर्न लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण