‘द भ्वाइस किड्स’ २६ फागुनबाट सुरु हुने
काठमाडौँ । ‘द भ्वाइस किड्स नेपाल सिजन २’ शोको प्रसारण फागुन २६ गतेबाट सुरु हुने भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम गर्दै शोका निर्देशक लक्ष्मण पौडेलले कार्यक्रमको विभिन्न पक्षबारे जानकारी दिए ।
हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिवार राती ८ बजे प्रसारण हुने शोमा पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ एपिसोडहरु प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका हजारौँ आवेदकबाट छानिएका ६५ जना प्रतिभाहरूले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्नेछन् ।
ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरूको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरूले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।
यसपटक भ्वाइसको टिमले कोचमा सामान्य परिवर्तन गरेको छ । टिममा चर्चित गायक सुशान्त केसी नयाँ कोचका रूपमा भित्रिएका छन् । यसअघि दर्शकको मन जित्न सफल लोकप्रिय कोचहरू प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार पनि ‘भ्वाइस किड्स सिजन २’ को कोचका रूपमा रहेका छन् ।
विश्वका चलेका शो नेपाल भित्र्याउने काम गर्दै आएको हिमालय टिभीले बिजनेस रियालिटी सो ‘सार्क ट्याङ्क’ र फेसन रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’ पनि प्रसारण गर्ने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण