शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बुधबार, १७ फागुन २०७९, १३ : ५१
बुधबार, १७ फागुन २०७९

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सुनसरीको ईटहरी उपमहानगरपालिका-१७ स्थित सडकमा स.५ प ७८८ नम्बरको मोटरसाईकल र प्र-१-०१-००१ ख. ४१७१ नम्बरकलो ट्रक एक-आपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर बेलका नगरपालिका-९ बस्ने ३१ वर्षीय बिनोद तिमल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी झापाको कन्काई नगरपालिका-८ लक्ष्मीपुर चोकमा ना.४ च ४५२५ नम्बरको कारको ठक्करबाट गएराति दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पैदलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँ बस्ने ३७ वर्षीय खगेन्द्र बयलकोटी रहेका छन् । 

यसैगरी धादिङको धुनिबेंशी नगरपालिका-९ रुपाकोटस्थित सडकमा प्र.३-००१ क. ६४५६ नम्बरको  टिप्पर मंगलबार राति दुर्घटना हुँदा  टिप्पर चालक सोही नगरपालिका-५ बद्रीटार बस्ने २९ वर्षीय सानोकान्छा तामाङको मृत्यु भएको छ । 

निर्माणाधिन सडक भाँसिएर सडकबाट करिब २ मिटर तल खसेर दुर्घटना हुदाँ गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सहचालक समेत २ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
    
यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ स्थित सडकमा रा. १ ह ४०९९ नम्बरको अटो अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने ३६ वर्षीय  केदार भण्डारीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल तुलसीपुर हुँदै मेडिकल कलेज कोहलपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । अटोमा सवार घाईते भएका एकजनाको राप्ती पोलिक्लिनिक तुलसीपुरमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप