विद्यार्थी संगठन विघटन नभएको भन्दै माओवादी महासचिव गुरुङले पठाए पत्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले विद्यार्थी संगठन विघटन नभएको भन्दै सबै विश्वविद्यालयसहित आंगिक क्याम्पसलाई पत्र पठाएका छन् । अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंह नेतृत्वको कमिटी आधिकारिक भएको भन्दै महासचिव गुरुङले पत्र पठाएका हुन् ।
आगामी स्ववियु चुनावमा विद्यार्थी संगठन विघटन भएको भन्दै असर पर्न सक्ने भएकाले पत्र लेखेर गुरुङले स्पष्ट पारेका हुन् । पार्टीको लेटर प्याड प्रयोग गरी गुरुङले हस्ताक्षर गरेर विश्वविद्यालयलाई पत्र पठाएका छन् । गुरुङ त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, कृषि वन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयलाई पत्र पठाएका हुन् ।
अखिल क्रान्तिकारीमा पन्चा सिंह नेतृत्वको कमिटीविरुद्ध पवन कार्कीले देशैभर समान्तर कमिटी बनाएका थिए । पार्टी स्थायी समिति बैठकले पन्चा सिंह नेतृत्वको कमिटी विघटन गरेर आयोजक कमिटी बनाएको भन्दै सञ्चार भएको थियो ।
स्ववियु चुनावमा एउटै पार्टीको दुई संगठन भएमा समस्या हुने भन्दै विघटन भएको भनिएको थियो । तर, ती सबैलाई पत्राचार गर्दै महासचिव गुरुङले पन्चा सिंह नेतृत्वको कमिटी नै आधिकारिक भएको भन्दै सबै विश्वविद्यालयलाई पत्र पठाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशक भनेर घोषणा गरिएको छ’
-
यसरी मनाइयो मुख स्वास्थ्य दिवस
-
गौतम बुद्ध विमानस्थल दिगो सञ्चालनका कार्ययोजना बनिरहेको छ : प्रधानमन्त्री
-
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव चम्लागाईंको उम्मेदवारी घोषणा
-
संसद् बैठकमा प्रश्नोत्तर चलिरहेका बेला प्रधानमन्त्रीलाई असहज महसुस भएपछि.....(तस्बिरहरु)
-
वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्याराफिट निर्माण सक्ने लक्ष्य