सुवास रेग्मीको गालीगलौजविरुद्ध संगीतसम्बद्ध ६ संस्थाको भर्त्सना
काठमाडौं । स्रष्टा र सर्जकलाई सामाजिक सञ्जालबाट अपमानजनक गालीगलौज गरेको भन्दै संगीतसम्बद्ध ६ संघसंस्थाले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीको उक्त कार्यप्रति भर्त्सना गरेका छन् ।
गीतकार महेश आचार्यले रेग्मीविरुद्ध प्रहरीको साइबर ब्युरोमा फागुन ७ गते उजुरी दिएका थिए । उक्त उजुरीप्रति ती संघसंस्थाले समर्थन जनाएका हुन् ।
गीतकार संघ, संगीतकार संघ, सांगीतिक संघ, संगीतकर्मी संघ, संगीत उद्योग संघ र प्रस्तोता समाजले संयुक्त विज्ञप्ति जारी गर्दै स्रष्टा, सर्जक र कलाकारलाई लक्षित गर्दै गरिएका गालीगलौजप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक रेग्मीले सामाजिक सञ्जालमार्फत् गीतकार, संगीतकार, गायक गायिका, वाद्यवादकदेखि पत्रकार, नेता तथा सामाजिक अभियन्तालाई समेत लक्षित गरी पढ्नै र सुन्नै नसकिने अपमानजनक अफवाह फैलाउने निन्दनीय कार्यप्रति हामी दुःखी छौ ।’
रेग्मीको उक्त कार्यप्रति खेद प्रकट गर्दै उनी विरुद्धको जाहेरीमाथि समर्थन जनाउनुका साथै उनीहरूले अनुसन्धानमा साथ दिने वचन पनि दिएका छन् । भविष्यमा यस्ता कार्य निर्मूल पार्न र सम्बन्धित निकायलाई यसतर्फ गम्भीर रूपमा ध्यानाकृष्ट गर्न समेत उनीहरूको आग्रह छ ।
प्रहरीको केन्द्रीय साइबर ब्युरोले थाइल्याण्डबाट नेपाल आउने क्रममा रेग्मीलाई यही फागुन ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको थियो । रेग्मी हाल प्रहरी हिरासतमा छन् । उनलाई थप तीन दिन म्याद थपिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण