शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोलुङ्ग हाइड्रोपावरको शेयर बाँडफाँट

शुक्रबार, १९ फागुन २०७९, १८ : २२
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । सर्वसाधारणहरूको लागि निष्कासन गरिएको मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको २२ लाख ६४ हजार ६५५ कित्ता शेयर बाँडफाँट गरिएको छ । 

सो सेयरका लागि १४ लाख २४ हजार ३५१ जना आवेदनहरूबाट १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताको लागि आवेदन प्राप्त भएको थियो ।

आवेदन दिने आवेदकहरू मध्ये रित नपुगेका ७,००५ जना आवेदकहरूलाई बाँडफाँटमा समावेश नगरी बाँकी १४ लाख १७ हजार ३४६ जना आवेदकहरूलाई एउटै समूहमा राखेर २ लाख २६ हजार ४६५ जनालाई १० कित्ताका दरले २२ लाख ६४ हजार ६५० कित्ता बाँडफाँट गरिएको हो । 

बाँकी रहेको ५ कित्ता शेयर पुन २० कित्ता देखि ८,००० कित्ता माग गरी बाँडफाँटमा परेका ८,९६७ जना आवेदकहरूलाई एउटै समूहमा राखी ५ जनालाई १ कित्ताका दरले ५ कित्ता शेयर बाँडफाँट गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप