शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलालीमा स्कुल बसले ठक्कर दिँदा वृद्धको मृत्यु

शनिबार, २० फागुन २०७९, १५ : ३७
शनिबार, २० फागुन २०७९

कैलाली । कैलालीमा ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । गोदावरी नगरपालिका–६ खैरानामा माउन्ट सैपाल स्कुलको से १ क ४४१ नम्बरको बसको ठक्कर दिदाँ  ६५ वर्षीय बाटुबट्टे आलेमगरको मृत्यु भएको हो ।

शैक्षिक भ्रमणका लागि हिँडेको बसले पूर्वपश्चिम राजमार्गमा पैदलयात्री आलेमगरलाइ ठक्कर दिएको थियो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बसको ठक्करबाट घाइते वृद्धको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक खुशीराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप