जसपासम्बद्ध विद्यार्थी संगठनको घोषणापत्र सार्वजनिक
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्बद्ध समाजवादी विद्यार्थी युनियनले घोषणापत्र सार्वजनिक गरेको छ । चैत्र ५ गते हुन लागेको स्ववियु निर्वाचन लक्षित घोषणापत्र संगठनले शनिबार सार्वजनिक गरेको हो ।
मुलुकको वास्तविक धरातलमा उभिएर आजसम्मको क्रान्तिले सिर्जना गरेको चेतनालाई सम्बोधन गर्न समाजवादी विद्यार्थी युनियनले संघीय समाजवादी शिक्षा प्रणालीलाई आम जनता र मुलुकको सर्वोपरि हित र समृद्धिको लागि हुनुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।
संगठनले उठाएको शिक्षा प्रणालीको मूलभूत विशेषताहरूमा त्रैभाषिक शिक्षा, आदर्शवादी समाज र मौलिक विज्ञान र प्रविधिको विकास, संघीय समाजवादी संस्कृतिको विकास, संघीय समाजवादी मनोविज्ञान, संघीय समाजवादी विश्व दृष्टिकोण, प्राकृतिक श्रोत साधनको व्यवस्थित विकास, भूबनोट अनुसारको व्यवस्थित जल जमिन, जङ्गलमाथिको स्थानीय स्वामित्व, सामुदायिक शिक्षा प्रणाली रहेको बताइएको छ ।
समाजवादी विद्यार्थी युनियनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने विषयलाई घोषणा पत्रमा उठाएको छ । वर्षौँदेखि बहिष्करणमा परेका आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, दलित, अपाङ्ग भएका व्यक्ति तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई राज्यका हरेक अंगमा प्रतिनिधित्व गराउनु नै समानुपातिक समावेशी हो, घोषणापत्रमा भनिएको छ ।
विद्यार्थी, शैक्षिक प्रणाली, विश्वविद्यालयको वेथिति, भ्रष्टाचार लगायतका विषयहरू समेटिएको २६ बुँदाहरू आफ्ना प्रतिबद्धताको रूपमा प्रस्तुत गर्दै संगठनले सम्पूर्ण मतदाता विद्यार्थीहरुसँग समाजवादी विद्यार्थी युनियनलाई मतदान गर्न अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पाँचौँ आइवार्ट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ सम्पन्न
-
छेबाङ लामाको ‘एकोहोरो माया’ मा मिरुनाको अभिनय
-
पाकिस्तानमा बन्दुकधारीको आक्रमण, ६ सैनिकको मृत्यु
-
दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल
-
सम्झौता मितिभन्दा सात महिनाअघि नै बन्यो पुल
-
१० बजे १० समाचार : कांग्रेसमा किचलोदेखि गोपाल हमाललाई मस्तिष्कघातसम्म