हिजनसँग विवाह गर्दै लोक गायिका भूमिका
आइतबार, २१ फागुन २०७९, १० : ५७
काठमाडौँ । ‘स्टेज क्वीन’ को नामबाट चर्चित लोक गायिका भूमिका गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले सल्यानका हिजन विष्टसँग लगनगाँठो कस्न लागेकी हुन् ।
भूमिका र हिजनले केही समयको प्रेमलाई पारिवारिक सहमतिमा विवाहमा परिणत गर्न लागेका हुन् । दुवैको विवाह समारोह सोमबार सल्यानमा आयोजना हुँदैछ । विवाहमा दुबै तर्फका सीमित आफन्त र साथीभाइ सहभागी हुनेछन् ।
गायिका गिरीले ब्याचलर पार्टी शनिबार होटल सम्पदा गार्डेन लाजिम्पाटमा दिएकी थिइन् । जसको तस्बिर समेत उनले सामाजिक सञ्जाल मार्फत शेयर गरेकी छन् । पार्टीमा मेकआर्टिस सरिजा प्रजापति, मोडल नारायणी खत्री, मोडल नानु गुरुङ, बिनी, श्रेया गुरुङ लगायतको सहभागिता थियो ।
पार्टीको तस्बिर सार्वजनिक गरेपछि भने उनलाई सामाजिक सञ्जालबाट बधाई तथा शुभकामना मिलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षी दलहरूको बैठक सुरु
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण