‘नौ डाँडा पारी २’ मा मल्लिका र अनुजको रोमान्स
आइतबार, २१ फागुन २०७९, ११ : ०३
काठमाडौँ । चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाले आफ्नो चर्चित गीत ‘नौडाँडा पारी’ को दोस्रो पार्ट ‘नौडाँडा पारी २’ ल्याएका छन् । टिका दहालको संगीत रहेको गीतमा एकजोडी प्रेमिकाको सम्झना र कल्पना समेटिएको छ । जसको शब्द गीतकार रमेश दाहालले लेखेका हुन् । गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ ।
गीतको म्युजिक भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । चित्लाङ वरिपरिका रमणीय स्थानमा छायांकन भएको गीत भिडियोमा एक जोडी प्रेमीको प्रेम र रोमान्स समेटिएको छ । भिडियोमा बुद्ध थापाको छायाँकन, विकाश धमलाको सम्पादन छ । निकेश खड्काको निर्देशन रहेको भिडियो संगीतकार टिका दाहालको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण