स्थानीयका लागि खुल्यो मोदी इनर्जीको आईपीओ
विहीबार, २५ फागुन २०७९, ११ : ०४

काठमाडौँ । मोदी इनर्जीले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधरण सेयर आईपीओ बिक्री खुलाएको छ । कम्पनीले स्थानीय वासिन्दाका साथै वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि समेत आजैदेखि आईपीओ बिक्री खुलाएको हो ।
मोदी इनर्जीको जारी पूँजी २ अर्ब ९० करोडको १० प्रतिशतले हुन आउने सेयर स्थानीयका लागि छुट्याइएको छ । यसअनुसार स्थानीयले प्रतिकित्ता १०० रुपैयाँ अंकित २९ लाख कित्ता सेयरमा आवेदन दिन पाउनेछन् । यसमा पर्वतको कुश्मा नगरपालिका, मोदी गाउँपालिका र मोदी नगरपालिकाका स्थानीयले आवेदन दिन पाउनेछन् ।
यस्तै, ४ लाख ३५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि छुट्याइएको छ । कम्पनीको आईपीओ निष्कासक तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल रहेको छ । आईपीओमा चैत ९ गतेसम्म आवेदन दिन सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हरायो
-
अख्तियारको धरापमा उच्च पदस्थ
-
अधिकार क्षेत्र बाहिर गई बिरामीको उपचार गर्ने दुई मेडिकल सञ्चालकलाई जनही एक लाख जरिवाना
-
रेस्टुरेन्टको आवरणमा ठगी धन्दा : सुरुचीविरुद्ध पूर्व सेना–प्रहरीले दिए उजुरी
-
सोल्टी होटलमा पूर्वराजपरिवारको १९ अर्बको सम्पत्ति
-
एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत