आजदेखि सुरु हुँदै ‘द भ्वाइस किड्स नेपाल सिजन–२’
काठमाडौँ । रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को प्रसारण आव शुक्रबारदेखि हुने भएको छ । निर्माण युनिटले बिहिबार बानेश्वरस्थित वान सिनेमाज् हलमा शोको पहिलो एपिसोड प्रिमियर गर्दै प्रचारको बिषयमा जानकारी दिएको हो ।
अघिल्लो भन्दा यो सिजन अझै राम्रो बनाउने प्रयास गरिएको शोका निर्देशक लक्ष्मण पौडेलले बताए । शोका कोच प्रमोद खरेल र प्रस्तोता सुशिल नेपाल समेत प्रिमिएरमा सहभागी थिए । यो सिजनमा सुशान्त केसी कोचको रुपमा भित्रिएका छन् । उनी भित्रिएसँगै प्रमोद, सुशान्त, प्रविशा अधिकारी र मिलन नेवार गरेर शोमा ४ कोच भएका छन् ।
कार्यक्रम हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुनेछ । निर्देशक पौडेलका अनुसार पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ सम्मका एपिसोड प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्नेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण