२५ वर्ष गृहिणी भएर काम गरेकी पूर्व श्रीमतीलाई २ करोड बढी क्षतिपूर्ति दिन अदालतको आदेश
घरमा गरेको बेतलबी घरेलु कामको क्षतिपूर्तिको रूपमा स्पेनको एउटा अदालतले हालै मालागाका एक व्यापारीलाई आफ्नी पूर्व पत्नीलाई २,०४,००० युरो (२ करोडभन्दा बढी रुपैयाँ ) दिन निर्देशन दिएको छ ।
अडिटी सेन्ट्रलका एक महिला जसले पछिल्लो २५ वर्षदेखि आफ्ना व्यापारी श्रीमान् र दुई छोरीहरूको रेखदेखमा बिताइन्, उनले आफ्ना सबै बेतलबी कामको क्षतिपूर्ति पाएकी छिन् । यो जोडीले आफू २० वर्षको आसपास हुँदा सन् १९९५ जुन महिनामा विवाह गरेका थिए र त्यसको अर्को महिनामै सम्पत्तिको विभाजनमा हस्ताक्षर गरे । उक्त डकुमेन्टमा पति–पत्नीले विवाहको समयमा प्राप्त गरेको सम्पत्तिको विशेष स्वामित्व राख्ने लेखिएको थियो । यो सम्झौता श्रीमानका लागि बढी फाइदाजनक भयो । श्रीमानले त्यो समयमा एकभन्दा बढी व्यवसाय सुरु गरिसकेका थिए भने श्रीमती भने घरको काम गर्न, दुई छोरीहरू हुर्काउनमा नै व्यस्त भइन् ।
‘उनी श्रीमानको छाया थिइन् । श्रीमान् व्यावसायिक रूपमा सफल होउन् भनेर उनले घरको सबै कामको बोझ आफ्नो काँधमा उठाइन्,’ महिलाकी वकिलले अदालतसमक्ष भनिन् । ‘उनले आफ्नो सबै समय परिवारमा खर्चिन् । श्रीमानलाई व्यावसायिक सफलता दिलाउन छोरीसँगै बसिन् र घरमा सहयोग भनेर कसैलाई पनि राखिनन् ।’
तर १६ वर्षे छोरीको उच्च शिक्षाका लागि आफूले खर्च गर्न सक्दिनँ भन्दै छोरीलाई काम गर्न बाध्य पारेपछि भने श्रीमती रिसाइन् । त्यसपछि उनले सन् २०२० मा सम्बन्ध विच्छेदका लागि निवेदन दिइन् । सम्पत्ति विभाजनमा हस्ताक्षर गरेका कारण श्रीमानले घरको लगभग सबैजसो मूल्यवान् सामग्रीको अधिकार पाए जबकि उनकी श्रीमतीले भने घरको आधा हक मात्रै पाइन् ।
नाफामुखी जैतुनको तेल फार्म, विलासी कार र अन्य घर जग्गा श्रीमानको भागमा परेको र आफ्नो भने २५ वर्ष वैवाहिक सम्बन्धमा रहँदा त्यति धेरै दुःख गर्दा पनि हात लाग्यो शून्य भएपछि सन् २०२० डिसेम्बरमा क्षतिपूर्तिका लागि दाबी गर्ने निर्णय गरिन् ।
‘अन्य महिला झैँ, उनले आफ्नो सबै समय छोरी र घरका लागि खर्च गरिन् जबकि उनका श्रीमानलाई भने व्यावसायिक करियर सुधार्न पर्याप्त समय प्राप्त भयो,’ वकिल मार्टा फ्युन्टेसले भनिन् । ‘ र महिलाहरूले आफ्नो व्यावसायिक जीवनलाई भन्दा परिवारलाई दिएको महत्त्वलाई उच्च कदरका साथ सम्मान गर्नुपर्छ ।’
दुई वर्षसम्म चलेको मुद्दामा मालागाका न्यायाधिसले श्रीमतीलाई २५ वर्षसम्म घरमा काम गरेबापत २०४,००० युरो क्षतिपूर्ति दिन निर्देशन दियो । यसका साथै, दुई छोरीलाई प्रत्येक महिना हजार युरो र उनीहरूकी आमालाई ५०० युरो पेन्सन स्वरूप दिन पनि निर्देशन दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण